काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रहरी महानिरीक्षकका पाँचजना प्रतिस्पर्धीमध्ये वरियतामा कुँवर एक नम्बरमा थिए। २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवर चैत ६ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए।
आईजीपी प्रतिस्पर्धामा कुँवरसँगै टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए। पाँचै जनालाई सरकारले फागुन २६ गते एआईजीमा बढुवा गरेको थियो।
आजबाट प्रहरी महानिरीक्षक धिरतप्रताप सिंहले अवकाश पाउँदैछन्।