बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

देशभर आवासीय घर कुल ६६ लाख ६० हजार आठसय ४१ रहेको छ। त्यसमध्ये कुल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला छन्।

images
images

काठमाडौं- नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कुल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ। जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो।

images
images
images

देशभर कुल ६६ लाख ६६ हजार नौसय ३७ परिवार संख्या रहेको छ। आवासीय घर भने कुल ६६ लाख ६० हजार आठसय ४१ रहेको छ। त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ। कुल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको विवरणमा उल्लेख छ। जुन २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो।

कुल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्या रहेकामा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ जना महिला छन्। त्यस्तै, एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष छन्।

images

लैंगिक अनुपातमा हेर्दा कुल एकसय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ छ। विसं २०६८ को कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैंगिक अनुपात ९४ दशमलव १६ थियो।

images


प्रकाशित : शुक्रबार, चैत १० २०७९०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend