बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

फेवाताल किनारका पुराना डुंगा व्यवस्थापन गर्न थालियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
फेवाताल किनारका पुराना डुंगा व्यवस्थापन गर्न थालियो

पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता रहेको छ। हालसम्म १५ डुंगा ताल भित्रबाट  बाहिर निकाल्ने कार्य भएको छ। 

images
images

पोखरा- फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरू गरिएको छ। 

images
images
images

फेवा डुंगा व्यवसायी संगठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुंगालाई डुंगाधनी र चालकको पहलमा  निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। ‘जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो,’ उनले भने, ‘हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौँ, अब समस्या समाधान हुन्छ।’  

उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए। उनका अनुसार अहिले पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता रहेको छ। हालसम्म १५ डुंगा ताल भित्रबाट  बाहिर निकाल्ने कार्य भएको छ। 

images

उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए। योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा संगठनले काम गरेको पनि उनको भनाइ छ। 

images

स्थानीय डुंगा चालक एवम् संगठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुंगा सञ्चालित छन्। आठ घाटबाट सञ्चालित डुंगामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झण्डै दुई सय बढी डुंगा मन्दिर पुग्ने गर्दछन्। 

पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए। व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उनको भनाइ छ। 

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताए। उक्त मुख्य स्थानमा सरसफाइका लागि दुईजना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उनको भनाइ छ। रासस  


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend