बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एक सातामा १५८ अंकको सुधार, हाइड्राेमा किन फर्किए लगानीकर्ता?

images
सोमबार, कात्तिक ८ २०७८
images
images
एक सातामा १५८ अंकको सुधार, हाइड्राेमा किन फर्किए लगानीकर्ता?

दसैँअघि ठूला लगानीकर्ताको कोल्याट्रल नै बन्द गरिदिएका लगानीकर्ताले विस्तारै कोल्याट्रल आफै हालिदिन थालेका छन्। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षामा केही सकारात्मक भूमिका निर्वाह गरिदिएमा सेयर बढ्ने आँकलन गरिदिएको छ। 

images
images

काठमाडौं- एक सातामा नेप्से सूचक १५८ अंकले सुधार भएको छ। ब्रोकरहरूले विस्तारै सेयर उठाउन सुझाव दिएसँगै सोमबार मात्रै ८७.६३ अंकको सुधार भयो। केही नीतिगत परिवर्तनले प्रभाव पारेन भने अब बजार सुधार हुने संकेत दिएसँगै केही दिनदेखि सेयर बजारमा सुधार देखिएको हो।

images
images
images

सबैभन्दा तल गत मंगलबार २५१४ अंकबाट उकालो लागेको बजार सोमबार २६७२ मा पुगेको छ। सोमबार ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँ बराबरको करोबार भएको छ। 

images
images

दसैँअघि ठूला लगानीकर्ताको कोल्याट्रल नै बन्द गरिदिएका लगानीकर्ताले विस्तारै कोल्याट्रल आफै हालिदिन थालेका छन्। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षामा केही सकारात्मक भूमिका निर्वाह गरिदिएमा सेयर बढ्ने आँकलन गरिदिएको छ। 

images
images
images

यदि पहिलो त्रैमासिक समिक्षाले व्याजदर तथा सेयर धितोकर्जाका विषयमा सकारात्मक कुरा राखिदियो भने बजार बढ्ने लगानीकर्ताको आँकलन छ। ब्रोकरको सानो संकेतले हौसिएका लगानीकर्ताहरूले लगानी पनि बढाउन थालेका छन्। 

ब्रोकरहरू बजार बढाएर यसभन्दा अगाडि फसेको लगानी फिर्ता गर्ने रणनीतिमा छन्। सेयर बजार ३१९९ अंकबाट तल झर्दा अधिकांश लगानीकर्ताहरूले बिक्री गर्न भ्याएका छैनन्। जसले गर्दा बजारका लगानीकर्ता विश्लेषक, ब्रोकरहरू अब बजार सुधार हुने भन्दै सूचना सम्प्रेषण गरिरहेका छन्। उनीहरूको हल्लामा यदि नेपाल राष्ट्र बैंकले सकारात्मक भूमिका खेलिदिएन भने उनीहरू स्वंय फस्ने सम्भावना छ। यसैले गर्दा विस्तारै थोरै थोरै गरेर लगानी गर्न उनीहरूले लगानीकर्ताहरूलाई अनुरोध गरेका छन्।

index.jpg

विगत दुई महिनाको अवधिमा सेयर बजार ६/७ सय अंकले तल झर्दा पनि खासै पेनिक सेल देखिएको थिएन। सुरु सुरुमा छिरेका लगानीकर्ताले नाफा बुक गरेर बाहिरिए पनि पछिल्लो समय सेयर किनेका लगानीकर्ताहरू अझै बजारमा छन्। उनीहरूले यस अवधिमा सेयर संख्या बढाउने तथा एभरेजिङ गर्न भ्याएका छन्। 

यदि बजार तीन चार सय अंकले मात्रै सुधार भयो भने पनि उनीहरूले बिक्री गर्न थाल्ने छन्। सेयर बजार २७/२८ नाघ्नेवित्तिकै पछिल्लो समय बजार छिरेकाहरूको सेलिङ प्रेसर बढ्ने भएकाले अर्को सातामा सेयर बजारको गतिमा केही कमि आउने सक्ने छ।

बजार सुधार सँगै हाइड्रोपावरमै झुम्मिए लगानीकर्ता 

बजार सुधार भएसँगै लगानीकर्ताहरू पुनः जलविद्युत कम्पनीमै झुम्मिएका छन्। यस पटकको बुलमा हाइड्रोपावरको सेयरमा सबैभन्दा धेरै उछाल आएको छ। विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासन गर्न मिल्ने कानून बनाएसँगै जलविद्युत कम्पनीको सेयरमा आकर्षण देखिएको हो। बजार सुधार हुने क्रम बढेसँगै हकप्रद सेयर निष्कासन गर्न सक्ने सम्भावना भएका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ। 

जलविद्युत कम्पनीको सेयर तुलनात्मक रुपमा कम हुन्छ। सेयर संख्या कम हुने भएकाले लगानीकर्ताहरूलाई खेलाउन सबैभन्दा सजिलो हुने गरेको छ। सेयर सप्लाइसँगै हकप्रद सेयरको समाचारले मूल्यमा उछाल आएको हो। यस पटकको बुलमा अझै पनि जलविद्युत कम्पनीको सेयर बढ्न सक्ने देखिन्छ। 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend