बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रुपमा काम गर्छु : अञ्जन श्रेष्ठ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रुपमा काम गर्छु : अञ्जन श्रेष्ठ
images
images

काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठले आफू उक्त पदमा निर्वाचित भए अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन्।

images
images
images

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेवार?‘ विषयक कार्यक्रममा उनले भने, ‘वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु। विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरे पनि उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सक्रिय रहनेछु।'

उनले अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरुपमा सहकार्य गर्ने पनि बताए। ‘अहिले बजारमा समस्या छ र हामीलाई ऋण र ब्याज तिर्न कठिन भइरहेको छ। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु,' उनले भने।

images

कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै निजी क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए। ‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,' उनले भने।

images

बैंक तथा वित्तीय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे। ‘नीति बनाउँदा पर्याप्त छलफल तथा सल्लाह नभएको देखिन्छ। यसले समस्या भएको हो', उनले भने।


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend