बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय कायम छ।

images
images

काठमाडौं- शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको स्थिर छ। बिहीबार प्रतितोला १२ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय रूपैयाँ कायम थियो। 

बिहीबार प्रतितोला एक हजार ३६० रूपैयाँ तोकिएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images


प्रकाशित : शुक्रबार, चैत १० २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend