शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

इन्साइडर ट्रेडिङको अभियोगमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा

३ करोड २३ लाख रूपैयाँ बिगो र कैद सजाय माग

images
शुक्रबार, चैत १० २०७९
images
images
इन्साइडर ट्रेडिङको अभियोगमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा

रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ।

images
images

काठमाडौं- जिल्ला अदालत काठमाडौंमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध ३ करोड २३ लाख रूपैयाँ बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

images
images
images

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो।

images
images

नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो। रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ।

images
images
images

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मङ्सिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : शुक्रबार, चैत १० २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend