बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

बैरेनी क्षेत्रको करिब एक हजार पाँचसय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ।

images
images

डुम्रे- तनहुँको व्यास नगरपालिका-१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुवात गरिएको हो।

images
images
images

नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गरेका हुन्। बैरेनी क्षेत्रको करिब एक हजार पाँचसय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ।

आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ। व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिए। आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उनको भनाइ छ। ‘आयोजनाले बैरेनीवासीलाई समृद्ध बताउँछ, आर्थिकरुपमा सबल बनाउँछ’, न्यौपानेले भने। 

images

दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भएको भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताए। ‘यसले व्यवस्थित सहरको रुप लिनेछ’, उनले भने, ‘सबै एकताबद्ध भएर सहकार्य र हातेमालो गरी आयोजना सफल बनाऔँ।’ 

images

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा. आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताए।

आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिए। प्रथम चरणमा दुईसय ५० उपभोक्ता लाभान्वित हुनेछन्। प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ। उक्त कार्यका लागि ८५ लाख रूपैयाँ तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि १२ करोड १५ लाख रूपैयाँ विनियाेजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिए।

नगर विकास कोषसँग भएको सम्झौता बमोजिम कुल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण प्रवाह हुने तथा बाँकी ३० प्रतिशत रकम व्यास नगरपालिले बेहोर्ने छ भने सो ऋण जग्गाधनीले पूर्वाधार निर्माणका लागि गरेको योगदानबाट छुट्याइएको ‘सेल्स प्लट’ बिक्री गरी चुक्ता गरिने बताइएको छ। रासस 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend