शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

पूर्वगाउँपालिका अध्यक्ष बनियाविरुद्ध झण्डै एक करोडको भ्रष्टाचार मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
पूर्वगाउँपालिका अध्यक्ष बनियाविरुद्ध झण्डै एक करोडको भ्रष्टाचार मुद्दा

उनी पदमा रहँदा आम्दानीको तुलनामा ९१ लाख ८६ हजार ५ सय ४३ रूपैयाँ बढी खर्च देखिएको र साे रकमको स्राेत नखुलेकाे पाइएको अख्तियारले जनाएको छ। २०७४ मा अध्यक्षमा निर्वाचित भएका बनियाले २०७९ सम्म सो पदमा रहेर काम गरेका थिए।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

images
images
images

स्राेत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ९१ लाख ८६ हजार ५ सय ४३ रूपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालत, काठमाडौंमा बनियाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

images
images

उनी पदमा रहँदा आम्दानीको तुलनामा ९१ लाख ८६ हजार ५ सय ४३ रूपैयाँ बढी खर्च देखिएको र साे रकमको स्राेत नखुलेकाे पाइएको अख्तियारले जनाएको छ। २०७४ मा अध्यक्षमा निर्वाचित भएका बनियाले २०७९ सम्म सो पदमा रहेर काम गरेका थिए।

images
images
images

अख्तियारले २०७८ सम्मको अवधिलाई जाँच अवधि मानी अनुसन्धान गर्दा सो अवधिसम्ममा पारिश्रमिक, बैठक भत्ता लगायत, ट्र्याक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बीमाबापत प्राप्त रकम, शाखारहीत बैंक सञ्चालन गरी प्राप्त गरेको आय र राईस मिलबाट प्राप्त आयसमेत गरी ८४ लाख १० हजार ४ सय ५१ रूपैयाँ आम्दानी गरेको देखिन्छ।

त्यसैगरी उनको खर्च तथा लगानीतर्फ उनको छोराहरुलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा विभिन्न जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्र्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवा-ब्याज रकम, राईस मिलको आयबापत तिरेको आयकर र उनी तथा उनको परिवारको नाममा विभिन्न बैंकहरुमा रहेको खातामा भएको मौज्दात रकमसमेत गरी एक करोड ७५ लाख ९६ हजार ९ सय ९४ रूपैयाँ रहेको पाइएको छ। 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियारले स्राेत नखुलेको रकमबराबरको मागदाबी तथा बिगाे कायम गरी सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले उनको छोरा पंकज कान्दुसमेतलाई प्रतिवादी कायम गरेको छ। कान्दुको नाममा रहेको स्रोत नखुलेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना असुलको मागसहित मुद्दा दायर गरिएको छ।


प्रकाशित : बिहीबार , चैत ९ २०७९१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend