बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसियाली

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसियाली

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पुर्‍याएपछि स्थानीयमा खुसियाली छाएको छ। अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ। 

images
images

ढोरपाटन- बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मंसिरमा बिजुली बल्यो। गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो। स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो। 

images
images
images

बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बढ्दो जनसंख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो। आयोजनाबाट उत्पादित विद्युतबाट स्थानीयले बत्ती बाल्ने, स-साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे। अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ। 

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पुर्‍याएपछि स्थानीयमा खुसियाली छाएको छ। अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ। 

images

पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युतले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताउँछन्।

images

लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उनको विश्वास छ। अध्यक्ष क्षेत्रीले भने, ‘बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दंग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो। अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ।’

विद्युत् प्राधिकरणले बरेङ गाउँपालिका छापा र ओखरेनीका एकसय ५० घरसँगै जैमिनी नगरपालिका-४, ८, ९ र १० वडाका एकसय ५० गरी तीनसय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पुर्‍याएको छ । 

लघु जलविद्युतको भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ। स्थानीय थमबहादुर थापाले समय-समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे। अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ।

‘बिजुली बाल्न दुर्गम गाउँको समस्या धेरै हुनेरहेछ, बर्खामा कुलो भत्किने, रुख डलेर राता छुने हुँदा बिजुली बन्द हुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ’, उनले भने, ‘कहिले पावर हाउसमा सस्या आउँदा महिना दिनसम्म पनि अँध्यारोमा बस्यौँ, सरकारले अहिले गाउँमा केन्द्रीय प्रसारण लाइन ल्याएको छ, अब पहिलाको जस्तो महिनौँसम्म अँध्यारोमा बस्न पर्दैन की?’

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताए। स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाइ छ। 

मरासेनीले ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए। उनका अनुसार जिल्ला सदरमुकासँग जोडिएका पालिकाका सबै गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ।   

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख रूपैयाँ विनियोजन भएको थियो। केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि १४ करोड ५६ लाख रूपैयाँ बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उनको भनाइ छ।

दुई वर्षमा सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन

अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ। विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ। उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताए।

बडिगाडको खार बजार र रमुवाका करिब तीन सय घरमा विद्युत् जडान सुरू गरिएको उनको भनाइ छ। सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ। बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताए।

जिल्लाको ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका दुईसय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सबस्टेसन निर्माण भइरहको उनको भनाइ छ।

यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पुर्‍याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले बताए। 'अबको दुई वर्षभित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्छ, अहिले सोहीअनुसार काम गरेका छौँ', उनले भने, 'पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत् बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौँ।' रासस 


प्रकाशित : बिहीबार , चैत ९ २०७९०६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend