शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

काभ्रेमा एक महिनामा ७ सयले नागरिकता लिँदा दुई हजार बढीले लिए राहदानी

नागरिकताभन्दा राहदानी बनाउने बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
काभ्रेमा एक महिनामा ७ सयले नागरिकता लिँदा दुई हजार बढीले लिए राहदानी

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत फागुनमा सातसय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुईसय ८९ जनाले राहदानी लिएका थिए। यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चारसय जनाले फोटो खिचाएका छन्। 

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो।

images
images
images

दिनहुँ राहदानी बनाउने सेवाग्राहीको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत फागुनमा सातसय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुईसय ८९ जनाले राहदानी लिएका थिए। यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन्।

images
images

यस्तै गत माघमा राहदानी लिनेको संख्या एक हजार चारसय ७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैगरी प्रतिलिपि नागरिकता ६ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन्।

images
images
images

गत पुसमा सातसय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीनसय ७१ जना छन्। राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन्। जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुवात गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन्।

बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए। रासस


प्रकाशित : बिहीबार , चैत ९ २०७९०६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend