बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

प्रतितोला १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
प्रतितोला १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक हजार दुईसय र चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

काठमाडौं- बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला एक हजार दुईसय र चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय रूपैयाँ कायम छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। 

बुधबार सुनको मूल्य दुई हजार रूपैयाँले घटेको थियो। बुधबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ३ सय रूपैयाँ कायम थियो।

images

चाँदी बुधबार प्रतितोला एक हजार ३ सय ३५ रूपैयाँमा कारोबार भएको थियो। 

images


प्रकाशित : बिहीबार , चैत ९ २०७९०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend