बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महानगरले १० वर्षका लागि भाडामा लियो काठमाडौं प्लाजा, भत्किएका संरचनाको मर्मत आफैले गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
महानगरले १० वर्षका लागि भाडामा लियो काठमाडौं प्लाजा, भत्किएका संरचनाको मर्मत आफैले गर्ने

सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको मर्मत महानगरले गर्नेछ। यो सम्झौता १० वर्षका लागि हो। ५ वर्षपछि १० प्रतिशतले बहाल वृद्धि हुनेछ।

images
images

काठमाडौं- काठमाडौं प्लाजा बहाल लिन काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।

images
images
images

बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको मर्मत महानगरले गर्नेछ। झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउनेछ। यसबाहेकका अन्य मर्मत महानगर आफैले गर्नेछ। बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन।  

images

भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ। भवन छोड्नु वा छोड्न लगाउनु परेमा १ सय ८० दिन अगावै जानकारी गराउनु पर्नेछ। बिजुली पानीलगायत सुविधाको बिल महानगरपालिकाले भुक्तानी गर्नेछ। 

images

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यसअघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ। ट्रष्टसँगको बहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ। 

यो सम्झौता १० वर्षका लागि हो। ५ वर्षपछि १० प्रतिशतले बहाल वृद्धि हुनेछ। कि. नं. २२३५ को करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ। भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपांग्रे र २ सय वटा दुई पांग्रे सवारी साधन पार्किङ गर्न मिल्छ।

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन्। यस कम्प्लेक्समा वित्त, प्रशासन, कानून तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन्। साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्यांकन एकाई छन्। 

टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन्। कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ। राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन्। 

सहकारी विभाग बिजुली बजारमा छ। सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ। जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद् व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन्। हनुमानढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ। राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन्। यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएको हो। 


प्रकाशित : बिहीबार , चैत ९ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend