बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सरकारी कागजात, छाप किर्ते गरेर तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

पाँच वर्षमा पाँचसय बढी तिब्बतीलाई नेपाली नागरिकता, एक जनाबाटै पाँच लाखसम्म असुली

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
images
सरकारी कागजात, छाप किर्ते गरेर तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

तिब्बती शरणार्थीहरुसँग तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म लिएर उनीहरुलाई नेपाली नागरिकता बनाइदिने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

images
images

काठमाडौं- विभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

तिब्बती शरणार्थीहरुसँग तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म लिएर उनीहरुलाई नेपाली नागरिकता बनाइदिने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

झापाको कचनकबलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले चैत ५ गते पक्राउ गरेको हो। 

images

पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण कागजात बरामद भएको छ। उनीहरुको साथबाट प्रहरीले किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासमेत फेला परेको छ। 

images

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ। कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेकोसमेत खुलेको छ।

कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा पक्राउ परी सजाय पाइसकेका व्यक्ति हुन्। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५ सयभन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र उक्त कार्यमा निज कटवाल जस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको एसपी राठौरले जानकारी दिए ।

उक्त गिरोहले तिबब्बी शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका र निजले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा १७ राखी नाप्रपनं २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ। यस्तैगरी नागरिकता लिएका अन्य २५र३० जनाको सक्कलै नागरिकता प्राप्त भई सोउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक १० हजार रुपैयाँ दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गर्ने गराएको समेत खुलेको छ। उनै श्रेष्ठ तिब्बती नागरिक सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोगी बनेका थिए।

जिप्रका काठमाडौंका कर्मचारीसमेत अनुसन्धानको घेरामा

जिल्ला प्रशासन काठमाडौंका कर्मचारी समेत संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको पनि खुल्न आएको छ।

लामाले भित्र मिलाउनुपर्छ भनी कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजीकरण गर्दै आएको देखिएको छ। तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा पारी नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासनकार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरुउपरसमेत आवाश्यक अनुसन्धान भइरहेको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।


प्रकाशित : बुधबार, चैत ८ २०७९०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend