बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
images
मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न
सांकेतिक तस्बिर

एकसय ८५ पुल निर्माण गर्नुपर्नेमा झण्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। 

images
images

काठमाडौं- पूर्व-पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ। जम्मा एकसय ८५ पुल निर्माण गर्नुपर्नेमा झण्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। 

images
images
images

लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए। निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ। त्यसबाहेक अधिंकाश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए। उनले भने, ‘डेढ-दुई सय मिटरसम्मको पुल हुनसक्छ।’ 

चालु आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए। पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरू भएको राजमार्गमा ठाउँठाउँमा अरू सडकमा जोडिने भएको छ। अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इञ्जिनियर तिमल्सिनाले जानकारी दिए। 

images

अहिले एक लेन (तीन दशमलव पाँच मिटर चौडाइ) वा इन्टरमेडिएट (पाँच दशमलव पाँच मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए। उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ।’ 

images

चालु आवमा राजमार्गका लागि सरकारले दुई अर्ब ८२ करोड विनियोजन गरेको थियो। सरकारले प्राथमिकता प्राप्त आयोजना (पीवान) का रुपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीनसय ९० किमी रहेको छ। जम्मा लम्बाइमध्ये निर्देशनालयले ७ सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ। 

सो राजमार्गलाई पूर्व-पश्चिम राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ। सरकारले पूर्व-पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि छ लेनमा विस्तार गरिरहेको छ। राजमार्गको विकल्पका रुपमा यो राजमार्गले पनि पूर्व-पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ। रासस 


प्रकाशित : बुधबार, चैत ८ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend