शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

निफ्राको सञ्चालकबाट चन्द्र ढकाल बाहिरिँदा भित्रिए विशाल ग्रुपका अनुज अग्रवाल 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
images
निफ्राको सञ्चालकबाट चन्द्र ढकाल बाहिरिँदा भित्रिए विशाल ग्रुपका अनुज अग्रवाल 

बैंकको चैत ७ गते बसेको सञ्चालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको छ।

images
images

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का सञ्चालक चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकाल चैत अन्तिम सातादेखि अध्यक्ष बन्दैछन्। आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यस्तता बढेका कारण उनले राजीनामा दिएका हुन्। 

images
images

बैंकको चैत ७ गते बसेको सञ्चालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको छ।

images
images
images

उनको राजीनामा पश्चात् सञ्चालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल नियुक्त भएका छन्। अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र सञ्चालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन्। 


प्रकाशित : बुधबार, चैत ८ २०७९०७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend