काठमाडौं- बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ। मंगलबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ३ सय रूपैयाँ कायम छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय ताेकिएको थियो।
मंगलबार १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ३५ रूपैयाँ कायम छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम थियो।