काठमाडौं- १२ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७\०७८ को नाफामा सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरका छन्। सिदार्थ, कुमारी,माछापुच्छ्रे नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्डड, नेपाल इन्भेष्टमेन्ट, सिटिजन, सानिमा, नेपाल बैंक र ग्लोबल बैंकले लाभांश घोषणा गरिसकेका छन्।
जसमा सिदार्थले १५ प्रतिशत लाभाशं दिने भएको छ। सिदार्थले १४.२५ प्रतिशत सेयर बोनस र ०.५ नगद बोनस दिने भएको छ। यसैगरी ग्लोबलले १० प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
नेपाल बैंकले १४ प्रतिशत सेयर बोनस र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।सानिमा बैंकले १७ प्रतिशत सेयर बोनस र ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने भएको छ।
सिटिजन बैंकले १२.९१ प्रतिशत सेयर बोनस र ३.०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको छ। साथै नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत सेयर बोनस र ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत नै लाभांश दिने भएको छ।
स्टान्र्डण्ड चार्टर बैंकले १० प्रतिशन सेयर बोनस र ३.०६ प्रतिशन नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने भएको छ। यसैगरी हिमालय बैंकले २१.३८ सेयर बोनस र ४.६२ प्रतिशन नगद बोनस सहित २६ प्रतिशत लाभांश दिने भएको छ।
नेपाल बंगलादेश बैंकले १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद बोनस सहित १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।यसैगरी माछापुच्छ्रे बैंकले १३.३ प्रतिशन सेयर बोनस र ०.७ प्रतिशत नगद बोनस गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कुमारी बैंकले ६ प्रतिशत सेयर बोनस र २.७७ प्रतिशत नगद बोनस गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
एनआइसी एसिया बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।