आइतबार, वैशाख २३ गते २०८१    
images
images

भारतले दुई महिनामै निर्यात गर्‍यो २ अर्ब डलरको स्मार्टफोन

सबैभन्दा ठूलो हिस्सा एप्पल र सामसङको

images
images
images
भारतले दुई महिनामै निर्यात गर्‍यो २ अर्ब डलरको स्मार्टफोन

भारतमा चालु आवमा भारतमा करिब ४० अर्ब डलर बराबरको स्मार्टफोन उत्पादन हुनेछ भने १० अर्ब डलरको निर्यात हुने अनुमान आईसीईएले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- २०२३ को दुई महिनामै भारतले २ अर्ब अमेरिकी डलरको स्मार्टफोन निर्यात गर्न सफल भएको छ। यो निर्यातमा सबैभन्दा ठूलो योजदान एप्पल र सामसङको रहेको छ। अप्रिल २०२२ यता भारतबाट ९ अर्ब डलरभन्दा बढीको मोबाइल फोन निर्यात भएको छ।  

images
images
images

भारत सरकारले मेक इन इन्डिया स्किम अन्तर्गत सहुलियत दिएकाले एप्पल, सामसङलगायतले आफ्नो उत्पादन बढाएर निर्यात गरेका हुन्। २०२२ अप्रिलदेखि २०२३ फेब्रुअरीको अवधिमा अघिल्लो वर्षको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोबरले वृद्धि भएको हो। 

images

अघिल्लो आवमा भारतबाट ५.८ अर्ब डलर बराबरको स्मार्टफोन निर्यात भएको थियो। यही मार्च ३१ मा अन्त्य हुने चालु आवमा भारतबाट निर्यात हुने स्मार्टफोनको मूल्य गत आवकोभन्दा दोबर हुने अनुमान गरिएको छ। 

images

२०२२ को सेप्टेम्बरयता भारतबाट हरेक महिना १ अर्ब डलरको स्मार्टफोन निर्यात भइरहेको इन्डिया सेलुलर एन्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए)ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। भारत सरकारले ल्याएको पीएलआई स्किमले सुरुवाती चरणमा उत्पादन बढाउन सहयोग पु¥याएको इकोनोमिक टाइम्सले लेखेको छ।

images
images

२०२२ अप्रिल यता भारतबाट भएको कुल स्मार्टफोन निर्यातमा एप्पल र सामसङ हिस्सा करिब ९० प्रतिशत रहेको छ। एप्पलसहित सहायक उत्पादकहरु फक्सकन, विस्टर्न र पेगाटर्नलगायत निर्यात हिस्सा ५५ प्रतिशत रहेको छ भने सामसङको हिस्सा ३५ प्रतिशत रहेको छ। 

भारतमा बनेका डिभाइसहरु बेलायत, नेदरल्यान्ड, अस्ट्रिया र इटालीमा निर्यात भइरहेका छन्। यसअघि भारतबाट धेरैजसो मोबाइल फोन मध्यपूर्व, अफ्रिका तथा दक्षिण अमेरिका निर्यात हुने गरेको थियो। आव २०२३ मा भारतमा बनेको कुल फोनको २४ प्रतिशत निर्यात हुने अनुमान गरिएको छ। अघिल्लो वर्ष यस्तो हिस्सा १६ प्रतिशतमात्र थियो। 

भारतमा चालु आवमा भारतमा करिब ४० अर्ब डलर बराबरको स्मार्टफोन उत्पादन हुनेछ भने १० अर्ब डलरको निर्यात हुने अनुमान आईसीईएले उल्लेख गरेको छ। 

एप्पल, सोओमी, फक्सकन, लाभालगायत अन्य स्मार्टफोन निर्माताले इलेक्ट्रोनिक्स उत्पादन इकोसिस्टमको विकास गरिरहँदा भारतको आन्तरिक भ्यालु एडिसनमा ठूलो योगदान पुगेको छ। चालु आवमा स्थानीय भ्यालु एडिसन २५ प्रतिशत हुने अनुमान गरिएको छ। 

एप्पलसँग सम्झौता गरेका उत्पादक र सामसङले मोबाइल उत्पादनका लागि भारत सरकारको पीएलआई स्किमअन्तर्गत ३८ हजार करोड भारु पाएका छन्। यसले चीनबाट बाहिएका मोबाइल उत्पादकहरुलाई भारतमा आकर्षित गर्न सहयोग गरेको हो। यसरी उत्पादकरुलाई आकर्षित गरेर भारत आफुलाई मोबाइल उत्पादनको हब बनाउन चाहन्छ। 

सामसङको सबैभन्दा ठूलो उत्पादन प्लान्ट भारतको उत्तर प्रदेशमा रहेको छ। उक्त प्लान्टबाट उत्पादित मोबाइल भारतका साथै विश्व बजारमा बिक्री हुँदै आएको छ। 

भारत सरकारले स्मार्टफोनमा सफल भएको पीएलआई स्किम अन्य १४ उत्पादनमूलक क्षेत्रमा ल्याएको छ। उत्पादनलाई उच्च प्राथमिकता दिन भारतले औषधि, आईटी हार्डवेयर, आटोमोबाइल, टेलिकम इक्युपमेन्ट, टेक्सटाइललगायत क्षेत्रमा स्किम ल्याएको छ।  

images

प्रकाशित : बुधबार, चैत ८ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस