काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय कायम थियो।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य मंगलबार १० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम छ। सोमबार चाँदी प्रतितोला एक हजार ३ सय ३० रूपैयाँमा कारोबार भएको थियो।