बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

७ महिनामा २२ वाणिज्य बैंकको नाफा ४१ अर्ब

नबिल बैंकको ४ अर्ब कट्यो, सुधारियो घाटामा रहेको कृषि विकास बैंक

मंगलबार, चैत ७ २०७९
७ महिनामा २२ वाणिज्य बैंकको नाफा ४१ अर्ब

काठमाडौं- वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा ४१ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्।

गत आर्थिक वर्षको माघसम्ममा बैंकहरूको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा बैंकहरूको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको माघसम्ममा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्। माघ एक महिनामा मात्रै बैंकहरूले ७ अर्ब २७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन्।

चालु आर्थिक वर्षको माघसम्ममा नविल बैंकले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो।

खुद नाफामा एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकबीच भने निकै प्रतिस्पर्धा देखिन्छ। सात महिनामा एनआईसी एसिया बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ।

यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बेंकले पनि २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ।

माघसम्ममा सरकारी लगानीको कृषि विकास बैंकको नाफा सबैभन्दा कम देखिएको छ। बैंकले १० करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। पुस मसान्तसम्ममा बैंक १ अर्ब २८ करोड रुपैयाँले घाटामा नै देखिएको थियो तर माघमा भएको रिकभरीले गर्दा उसको नाफामा केही सुधार भएको छ।

यसैगरी सिभिल बैंकले ७७ करोड रुपैयाँ नाफा कमाएको छ। सनराइज बैंकले ८६ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ। यसबाहेक अन्य बैंकले भने १ अर्बभन्दा धेरै नाफा कमाएका छन्।

कुन बैंकको नाफा कति? 

१) नबिल बैंक : ४ अर्ब १३ करोड

२) एनआईसी एसिया : ३ अर्ब ६७ करोड 

३) ग्लोबल आईएमई बैंक : ३ अर्ब ५५ करोड

४) राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब ६ करोड 

५) नेपाल इन्भेष्टमेन्ट बैंक : २ अर्ब ७० करोड

६) एनएमबी बैंक : २ अर्ब २३ करोड

७) स्ट्यान्डर्ड चार्डर्ड : २ अर्ब २ करोड

८) प्राईम कमर्सियल बैंक : १ अर्ब ९९ करोड 

९) एभरेष्ट बैंक : १ अर्ब ८८ करोड 

१०) नेपाल बैंक : १ अर्ब ७० करोड

११) प्रभु बैंक : १ अर्ब ६६ करोड

१२) सानिमा बैंक : १ अर्ब ५३ करोड

१३) कुमारी बैंक : १ अर्ब ५० करोड 

१४) सिद्धार्थ बैंक : १ अर्ब ४५ करोड

१५) नेपाल एसबीआई बैंक : १ अर्ब ३८ करोड

१६) हिमालयन बैंक : १ अर्ब २९ करोड

१७) लक्ष्मी बैंक : १ अर्ब २८ करोड 

१८) माछापुछ्रे बैंक : १ अर्ब १७ करोड 

१९) सिटिजन्स बैंक : १ अर्ब २ करोड 

२०) सनराईज बैंक : ८६ करोड

२१) सिभिल बैंक : ७७ करोड

२२) कृषि विकास बैंक : १० करोड 


प्रकाशित : मंगलबार, चैत ७ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend