बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

होटल व्यवसायीको गुनासो : ऋण तिर्न सकिने अवस्था छैन, सयौँ होटल डुब्न सक्छन् 

images
सोमबार, चैत ६ २०७९
images
images
होटल व्यवसायीको गुनासो : ऋण तिर्न सकिने अवस्था छैन, सयौँ होटल डुब्न सक्छन् 

सरकारले होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोरोनाकालीन सुविधा निरन्तर हुनुपर्ने संघले माग गरेको छ। 

images
images

काठमाडौं- होटल संघले सरकारी सहयोग नहुँदा होटलहरू समस्याका परेको जानकारी दिएको छ। कोरोना महामारीका कारण थला परेका होटललाई उकास्नका लागि सरकारी सहायता नभएको संघले जनाएको हो।

images
images
images

संघकी अध्यक्ष सिर्जना राणाले सन् २०१९ को तुलनामा अहिले पनि आधा संख्यामा पर्यटक आएको बताइन्। 'यसबाट थाहा हुन्छ कि होटलहरू कसरी चलेका छन्' उनले भनिन्।

एक त कोरोनाले थला परेका त्यसमाथि पछिल्लो समय पर्यटक नआउँदा दैनिक खर्च सञ्चालन गरेर टिक्न कठीन भएको उनको भनाइ छ। 

images

होटल उद्योग समस्याका परेको तथ्यांकले प्रष्ट पारे पनि सरकारले भने सामान्य भइसकेको भन्दै गलत नीति लिएको उनको भनाइ छ। 

images

सरकारले होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोरोनाकालीन सुविधा निरन्तर हुनुपर्ने संघले माग गरेको छ। 

नेपालीहरूलाई रोजगारी दिएको पर्यटन र त्यसका पनि होटल व्यवसाय यदि डुबेको खण्डमा समग्र अर्थतन्त्र नै समस्यामा पर्नसक्ने उनको भनाइ छ। 

कोरोना महामारीको समयमा राष्ट्र बैंकदरले ऋण तथा किस्ता भुक्तानीमा सहुलिउत दिएको थियो। त्यस्तै पुनर्कर्जा तथा पुर्नसंरचनाको सुविधा दिएको थियो। 

तर पछिल्लो समय होटल तथा पर्यटन सामान्य भएको भन्दै सुविधा कटौती गरिदिएको थियो। 

अहिलेको समयमा सामान्य समयको जस्तो ऋण तिर्नसक्ने अवस्था नहुनुमात्र होइन दैनिक खर्च सञ्चालनमै समस्या आएको संघले जानकारी दिएको छ। 

होटल संघले देशभरका सदस्यहरूको गुनासो संकलन गर्दै यो निष्कर्षमा पुगेको संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए। 

होटलहरूले लिएको ऋणको माफी नमागेको तर अहिले संकटको समयमा केही सुविधा खोजेको उनको भनाइ छ। 

'हामीले ऋण माफी मागेका छैनौँ र हामीलाई सुविधा दिँदा कसैलाई पनि समस्या हुँदैन। आखिर भोलि त हामी तिर्छौं तर अहिले समस्या हुँदा केही सहुलियत खोजेका हौँ' शाहले भने।


प्रकाशित : सोमबार, चैत ६ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend