बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

खुसी सूचकमा पहिलो स्थानमा फिनल्यान्ड, नेपालको स्थान कहाँ?

images
सोमबार, चैत ६ २०७९
images
images
खुसी सूचकमा पहिलो स्थानमा फिनल्यान्ड, नेपालको स्थान कहाँ?

खुसी सूचकको पहिलो स्थानमा रहेको फिनल्यान्डलाई पक्षाएको डेनमार्क दोस्रो स्थानमा रहेको छ। खूसी सूचकको पहिलो १० स्थानमा युरोपेली देशहरू छन्।

images
images

काठमाडौं- विश्व खुसी सूचक सार्वजनिक भएको छ। विश्वको सर्वाधिक खुसी नागरिक भएको देश फिनल्यान्ड रहेको छ। विश्वभरका १ सय ५० देशमा गरिएको सर्भे डेटाका आधारमा फिनल्यान्ड सर्वाधिक खुसी देश ठहरिएको हो। 

images
images
images

यूएन सस्टेनेवल डेभलपमेन्ट सोलुसन नेटवर्कको प्रकाशनमा आएको प्रतिवेदनमा खुसी सूचक सार्वजनिक गरिएको छ। सो प्रतिवेदनमा २०२० देखि २०२२ सम्मको ३ वर्षलाई आधारमा मानेर सर्वे गरिएको उल्लेख छ। सो अध्ययनले विश्वका सर्वाधिक खुसी मुलुकहरुको छनोट गरेको हो। 

खुसी सूचकको पहिलो स्थानमा रहेको फिनल्यान्डलाई पक्षाएको डेनमार्क दोस्रो स्थानमा रहेको छ। खूसी सूचकको पहिलो १० स्थानमा युरोपेली देशहरू छन्। तेस्रो स्थानमा आइसल्यान्ड हुँदा चौथोमा इजरायल रहेको छ। 

images

त्यस्तै पाँचौँमा नेदरल्यान्ड, छैठौँमा स्वीडेन, सातौँमा नर्वे, आठौँमा स्वीजरल्यान्ड, नवौँमा लक्जम्बर्ग र दशौँ स्थानमा न्यूजिल्यान्ड रहेको छ। विगत ६ वर्षदेखि फिनल्यान्ड खुसी सूचकको पहिलो स्थानमा रहिआएको छ।

images

यो सूचक निर्धारण गर्नुपूर्व गरिएको अध्ययनमा स्वस्थ्य जीवनको अपेक्षा, प्रतिव्यक्ति आय, सामाजिक सहयोज, न्यूून भ्रष्टाचार, हार्मोनि कामय भएको समदायलगायतलाई मुख्य आधार मानिएको छ। त्यस्तै व्यक्ति व्यक्तिले आपसमा गर्ने सरसहयोग र आफ्नो जीवन जिउन पाउने स्वतन्त्रालाई पनि उच्च प्राथमिकता दिइएको उल्लेख छ। 

खुसी सूचकमा नेपाल ७८ औँ स्थानमा रहेको छ। त्यस्तै नेपालभन्दा धेरै तल भारत रहेको छ। विश्व खुसी सूचकमा भारत १२६औँ स्थानमा रहेको छ। 

अस्ट्रेलिया १२औँ, क्यानडा १३औँ, आयरल्यान्ड १४औँ, अमेरिकी १५औँ र बेलायत १९औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। खुसी सूचकको सबैभन्दा अन्तिम स्थान अर्थात १३७औँ स्थानमा अफगानस्ता रहेको छ। रुसको आक्रमणबाट तनाबमा रहेको युक्रेन ९२औँ स्थानमा रहेको छ, रुस ७०औँ स्थानमा छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend