काठमाडौं- नेपाल राष्ट्र बैंकले तीन वणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन वाणिज्य बैंकलाई कारबाही गरेको हो।
नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई अनिवार्य मौज्दात\बैधानिक तरलताको मापदन्ड पुरा नगरेको भन्दै जरिवना तिराएको छ। बंगालदेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटकगरी ३० हजार रुपैयाँ जरिवना तिराएको हो।