शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

हाइलाइफको उपहार योजना : लक्की ड्रमार्फत जित्नुहोस् बाइक र स्कुटर 

images
बिजनेस न्युज
images
images
हाइलाइफको उपहार योजना : लक्की ड्रमार्फत जित्नुहोस् बाइक र स्कुटर 

कम्पनीका अनुसार हाइलाइफ ब्रान्ड विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कारस्वरुप २ जना ग्राहकले १५० सीसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन्।

images
images

काठमाडौं- हाइलाइफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहारअन्तर्गत 'हाइलाइफ लक्की ड्र' योजना सार्वजनिक गरेको छ। याे अफरअन्तर्गत हाइलाइफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटपदेखि हात खाली नजाने उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ। 

images
images
images

कम्पनीका अनुसार हाइलाइफ ब्रान्ड विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कारस्वरुप २ जना ग्राहकले १५० सीसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन्। दोस्रो उपहारस्वरुप २ जना भाग्यशाली विजेताले होण्डा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहारस्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन्।

images

चौथो उपहारस्वरुप २ जना भाग्यशाली विजेताले २ सय ५३ लिटरको सामसुङ ब्राण्डको फ्रिज, पाँचौ उपहारस्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहारस्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाइलाइफको सामनहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ। 

images

योजनाअन्तर्गत हाइलाइफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा एक केजीमा ३ वटा लक्की ड्र कुपन पाउनेछन्। साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन्। हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद ५ सय रूपैयाँ प्राप्त गर्न सक्नेछन्। 

images
images

यो योजना फागुन १५ गतेदेखि आगामी असार १५ गतेसम्म लागु हुनेछ।

images

प्रकाशित : आइतबार, चैत ५ २०७९१२:४९
प्रतिक्रिया दिनुहोस