शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

जैविक विविधता तथा वन्यजन्तुबारे अनुसन्धान गर्न बनाइयो रेडपाण्डा अध्ययन केन्द्र

१ करोड ५७ लाख रुपैयाँ खर्च

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
जैविक विविधता तथा वन्यजन्तुबारे अनुसन्धान गर्न बनाइयो रेडपाण्डा अध्ययन केन्द्र

दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजनासमेत रहेको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ। फुङ्लिङ नगरपालिका-९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो।

images
images
images

जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन्। जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। राईका अनुसार केन्द्र स्थापनाका लागि १ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ।

images
images

निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ।  भट्टराईले गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर भवन निर्माण गरिएको बताए। 

images
images
images

केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताए।

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन, सदुपयोगसहित पर्यटन प्रवद्र्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनको भनाइ छ। दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, चैत ५ २०७९१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend