सोमबार, वैशाख २४ गते २०८१    
images
images

अब उपत्यकामा सेडान विद्युतीय ट्याक्सी चढ्न पाइने, सिप्रदीले हस्तान्तरण गर्‍यो टाटा एक्सप्रेस-टी

images
images
images
अब उपत्यकामा सेडान विद्युतीय ट्याक्सी चढ्न पाइने, सिप्रदीले हस्तान्तरण गर्‍यो टाटा एक्सप्रेस-टी

सिप्रदीले ट्याक्सी चालकहरुलाई विद्युतीय ट्याक्सी औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

images
images

काठमाडौं- नेपाली सडकमा पहिलो पटक विद्युतीय ट्याक्सी चढ्न पाइने भएको छ। सार्वजनिक यातायातको रुपमा रहेको ट्याक्सी अब ब्याट्रीमा आधारित विद्युतीय सेडान प्रयोगमा आएको छ। 

images
images
images

सरकारले ट्याक्सी पनि विद्युतीय चलाउन पाइने नियम बनाएसँगै सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सले उत्पादन गरेको एक्सप्रेस-टी विद्युतीय सेडान कारलाई ट्याक्सीमा रुपमा ग्राहकलाई हस्तान्तरण सुरु गरेको हो। योसँगै काठमाडौं उपत्यकामा ट्याक्सी प्रयोग गर्न चाहनेले अब विद्युतीय ट्याक्सी प्रयोग गर्न सक्ने भएका छन्। 

images

सिप्रदीले ट्याक्सी चालकहरुलाई विद्युतीय ट्याक्सी औपचारिक रुपमा हस्तान्तरण गरेको छ। सुरुवाती चरणमा सिप्रदीले केही  ट्याक्सी हस्तान्तरण गरेको छ। अब उपत्यकाका यात्रुहरुले विद्युतीय ट्याक्सी चढ्न पाउने कम्पनीले जनाएको छ। विद्युतीय ट्याक्सी सेडान सेगमेन्टको भएकाले निक्कै आरामदायी हुने दाबी कम्पनीको छ।  
  
विद्युतीय ट्याक्सीका लागि उपयुक्त हुने र सरकारले तोकेको मापदण्डभन्दा राम्रो क्षमताको एक्सप्रेस टी सिप्रदीले ट्याक्सी खरिद गर्न चाहनेका लागि उपलब्ध गराउन सुरु गरेको हो। बागमती प्रदेश सरकारले पुराना पेट्रोलियम ट्याक्सीको सट्टाभर्ना दर्ता गर्दा विद्युतीय ट्याक्सी नै दर्ता गर्नुपर्ने व्यवस्था गरेसँगै विद्युतीय ट्याक्सी दर्ता भएर गुड्न थालेका हुन्।  

images

सरकारले सन् २०३० सम्ममा देशभर दर्ता हुने सवारीमध्ये ५० प्रतिशत विद्युतीय पुर्‍याउने लक्ष्य सार्वजनिक गरिसकेको छ। त्यही अनुरुप सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको छ भने चार्जिङ पूर्वाधार निर्माणमा सहयोग गर्ने तथा विद्युतीय सवारी चार्ज गर्दा खपत गर्ने विद्युत महसुलमा पनि सहुलियत दिने तयारी गरिरहेको छ। 

images
images

सरकारले उपत्यकामा विगत ३ वर्षदेखि ट्याक्सीको सट्टाभर्ना बन्द गरेको थियो। २००२/२००३ मोडलयताका सट्टाभर्ना गर्न बाँकी रहेका ३ हजारभन्दा बढी ट्याक्सी अब दर्ता हुँदा विद्युतीय ट्याक्सी नै दर्ता हुनेछन्। त्यसपछि पनि अन्य ट्याक्सी २० वर्ष पुगेपछि सट्टाभर्ना गर्दा विद्युतीय नै हुनुपर्ने कानूनी व्यवस्था छ।

बागमती प्रदेश सरकारले २०८५ भित्र प्रदेशमा चल्ने पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति पास गरिसकेको छ। सोही नीतिलाई कार्यान्वयन गर्दै २० वर्ष पुरा भएका ट्याक्सी स्क्राप गर्नुपर्ने र त्यसको साटो विद्युतीय बनाउनु पर्छ। 

ट्याक्सीलाई विद्युतीय बनाउँदा आयत गरेर खपत हुने पेट्रोलको प्रदूषण न्यून हुन्छ भने पेट्रो आयातमा बाहिरिने अर्बौं डलरमा ठूलो बचत हुनेछ। सिप्रदीले विद्युतीय ट्याक्सी ल्याउने भएपछि सट्टा दर्ताको पर्खाइमा रहेको ट्याक्सी चालक तथा लगानीकर्ताहरु उत्साहित देखिएका छन्। 

सिप्रदीले टाटाले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा ल्याएको र त्यसले दिने आर्थिक तथा वातावरणीय लाभबारेसमेत ट्याक्सी चालकहरुलाई जानकारी गराइसकेको छ। सुरुवाती चरणमा उपत्यकामा विद्युतीय ट्याक्सी चल्ने भएकाले केही मात्रामा भएपनि स्वदेशी विद्युत खपत हुनेछ। यसले पनि धेरै मानिसलाई उत्साहित बनाउनेछ। 

टाटाको विद्युतीय एक्सप्रेस टीको विशेषता र रेन्ज

लेन्थ : ३९९३ एमएम

वाइड : १६७७ एमएम

हाइट : १५३२ एमएम

ह्वीलवेस : २४५० एमएम

टर्निङ रेडियस : ५.१ मिटर 

ग्राउन्ड क्लियरेन्स : १७२ एमएम

सिट क्षमता : ५

बुट स्पेस : ३१६ लिटर

कर्ब वेइट : १२३५ केजी

फ्युल टाइम : विद्युतीय

ब्याट्री क्षमता : २६ केडब्लूएच लिथियम आयन 

टर्क : १७० एनएम

रेन्ज : ३०६ किलोमिटर (एआरएआई सर्टिफाइड)

एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ/स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि दिइएको छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ। सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउनेछ। त्यसैगरि विद्युतीय ट्याक्सीमा आउने मर्मतलगायत सर्भिसको जिम्मासमेत कम्पनीले नै लिएको छ। 

images

प्रकाशित : सोमबार, चैत ६ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस