काठमाडौं- सोमबार सुन तथा चाँदीको मूल्य बढेको छ। आइतबाको तुलनामा नेपाली बजारमा छापावाल सुनको मूल्य सोमबारका लागि प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। आइतबाको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। सोमबारका लागि १२ सय ६५ रुपैयाँ तोकिएको चाँदी आइतबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।