आइतबार, वैशाख २३ गते २०८१    
images
images

८ महिनामा रोजगारीका लागि विदेशिए ५ लाख ४० हजार नेपाली

images
images
images
८ महिनामा रोजगारीका लागि विदेशिए ५ लाख ४० हजार नेपाली
फाइल तस्बिर

फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिना (साउन-फागुन) मा रोजगारीका लागि ५ लाख ४० हजार ६ सय ७५ जना नेपाली विदेशिएका छन्। 

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार नयाँ कामका लागि म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ९४ हजार ४ सय ४१ रहेको छ। यसबाहेकको अन्य संख्या बिदामा नेपाल आएर पुन: विदेश फर्कनेको हो। 

images

फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ। रोजगारीका लागि युवाको रोजाइमा सबैभन्दा बढी मलेसिया परेको विभागले जनाएको छ। 

images

कुन महिना कति बाहिरिए?

images
images

चालु आवको साउनमा साउनमा ६३ हजार ३९ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। 

विभागका अनुसार भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४ जना नेपाली वैदेशिक राेजगारीका लागि बाहिरएका छन्। 

यस्तै माघ महिनामा वैदेशिक राेजगारीका लागि विदेशिनेको संख्या ६४ हजार २ सय ८४ छ। 

images

प्रकाशित : आइतबार, चैत ५ २०७९१२:०७

प्रतिक्रिया दिनुहोस