काठमाडौं- आइएमई पेले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।
चैत्र १ देखि १५ गते सम्म चल्ने अफरमा ग्राहकहरुले लिंक गरेको बैंकको खाताबाट, मोबाेइल बैंकिङ वा ई- बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन्।
आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले पनि उक्त इयरबड्स जित्न सक्ने कम्पनीले जनाएको छ।
साथै, हरेक दिन कम्तिमा १ पटक सोही माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले एक हजार जित्ने मौका पनि पाउनेछन्। प्राप्त रकम विजेताको वालेटमा लोड हुनेछ।