शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

रासन कार्डमा अनियमितता, छानबीन गर्न समिति गठन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
रासन कार्डमा अनियमितता, छानबीन गर्न समिति गठन

रासन कार्डमा परिवारको संख्या बढी उल्लेख गरिएको पाइएपछि छानबीनका लागि समिति गठन गरिएको हो।

images
images

हुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासन कार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबीन गर्न समिति गठन गरेको छ।

images
images
images

रासन कार्डमा परिवारको संख्या बढी उल्लेख गरिएको पाइएपछि छानबीनका लागि समिति गठन गरिएको हो। सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि सदस्य रहने छन्। 

images
images

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासन कार्डमा परिवारको संख्या बढी उल्लेख गरेको पाइएपछि छानबीन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताए। 

images
images
images

हाल सिमकोट बजारमा आठसय ४६ रासन कार्ड वितरण गरिएको छ। ‘एउटै रासन कार्डमा आठदेखि दश जनासम्म परिवार संख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबीन गर्न लागिएको हो’, आचार्यले भने, ‘रासन कार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ।’  रासस 


प्रकाशित : आइतबार, चैत ५ २०७९११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend