बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

हिउँद सकिएसँगै मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
हिउँद सकिएसँगै मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ। ‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक सातसय ६६ दशमलव पाँचसय ९३ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ।

images
images

मनाङ- एकसय ३५ मेगावाट क्षमताको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ।

images
images
images

हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो। कोरोना संक्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट प्रारम्भ गरिएको हो।

आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीको साझेदारीमा जलविद्युत् आयोजना निर्माण सुरू भएको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतिक महर्जनले बताए।

images

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन्। आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ। कुल ३३ अर्ब ३८ करोड रूपैयाँमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए।

images

‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक सातसय ६६ दशमलव पाँचसय ९३ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उनका अनुसार आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठसय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ।

सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड चारसय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव २०७५ किलोमिटर छ। आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच विसं २०७९ पुस ३ मा सम्झौता भएको थियो। रासस 


प्रकाशित : आइतबार, चैत ५ २०७९१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend