बुधबार, जेठ १७ गते २०८०

२ अर्ब २० करोड लगानीमा चिनी मिल खुल्दै, वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

images
images
२ अर्ब २० करोड लगानीमा चिनी मिल खुल्दै, वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ।

images
images
images

काठमाडौं- उखु उत्पादन गर्ने किसानलाई सयममै चिनी उद्योगले रकम भुक्तानी नगरिरहेका बेला नयाँ चिनी उत्पादन उद्योग खुल्ने भएको छ। पर्साको जिराभवानीमा नयाँ चिनी मिल खुल्न लागेको हो। 

images
images
images

कविता अग्रवाल सञ्चालक रहने गरी उद्योग स्थापनाका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत भइसकेको छ। २ अर्ब २० करोड रूपैयाँको लगानीमा खुल्न लागेको उद्योग विजय श्री सुगर मिल्स प्रालि नामले विभागमा दर्ता भएको छ।

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

images

उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ।

images

प्रकाशित : आइतबार, चैत ५ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ