काठमाडौं- नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको वैठकले चुक्ता पूँजीको १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। शेयरधनीहरुलाई १४ प्रतिशत सेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिले गरेको यो निर्णय नेपाल सरकारबाट स्वीकृत हुनुपर्छ। सरकारले स्वीकृति दिएपछि नेपाल राष्ट्र बैंकले स्वीकृति दिन्छ। त्यसपछि साधारणसभाबाट पारित भएपछिमात्र कार्यान्वयन हुन्छ।