शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

एक करोड ५० लाख लगानीमा महेन्द्रनगरमा बन्यो ‘एयरक्राफ्ट म्युजियम’

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
एक करोड ५० लाख लगानीमा महेन्द्रनगरमा बन्यो ‘एयरक्राफ्ट म्युजियम’

कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो।

images
images

कञ्नपुर- कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ। पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ एक करोड ५० लाख रूपैयाँको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो। 

images
images
images

क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए। नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो। 

images
images

‘कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो’, उनले भने, ‘यसमा एकै पटक एकसय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।’ 

images
images
images

‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मूर्ति र स्विमिङ पुल निमार्ण गरेको छ। उनले सुदूरपश्चिम क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत सुन्न सकिने बताए। म्युजियम प्रवेशका लागि प्रतिव्यक्ति एकसय तथा विद्यार्थीका लागि ५० रूपैयाँ शुल्क तोकिएको छ। रासस   


प्रकाशित : आइतबार, चैत ५ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend