बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो : तीन वर्षमा एक हजार बढी दुर्घटना, ५ सयको मृत्यु

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो : तीन वर्षमा एक हजार बढी दुर्घटना, ५ सयको मृत्यु

सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरबाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेको छ।

images
images

बैतडी- सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ। यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ। ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन।

images
images
images

गएको तीन वर्षयता यहाँ एक हजार दुईसय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि बढेको देखिएको छ।

उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँचसय तीनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्या‌ंकमा उल्लेख गरिएको छ। सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन्। चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एकसय ८७ सवारी दुर्घटना भएकामा एकसय २१ जनाले ज्यान गुमाएका छन्।

images

यो आवमा एकसय ४६ गम्भीर र एकसय ५७ सामान्य गरी तीनसय तीनजना घाइते भएका छन्। यस्तै गत आव २०७८/७९ मा पाँचसय एक सवारी दुर्घटनामा एकसय ९६ जनाले ज्यान गुमाएका छन्। आव २०७७/७८ मा पाँचसय ५८ सवारी दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको छ। यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अंगभंग भएका छन्।

images

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लंघन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। उनले भने, ‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ।’

सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरबाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन्। मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ।

यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन्। जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्‍याएर पनि दुर्घटना भएका छन्। सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो-ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन्। यस्तै हुस्सु, कुहिरो, बाढी-पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको  ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन्। सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला-बेलामा सचेत गराउने कार्य गरेको छ। उनले भने, ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुईसय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ।’ रासस   


प्रकाशित : आइतबार, चैत ५ २०७९०५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend