बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुनको मूल्यमा भारी वृद्धि, तोलाको एक लाख १० हजार पुग्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
images
सुनको मूल्यमा भारी वृद्धि, तोलाको एक लाख १० हजार पुग्यो

आइतबार सुनको मूल्य २ हजार ९ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आइतबार सुनको मूल्य २ हजार ९ सय र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य एक लाख ९ हजार पाँचसय कायम छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार एकसय कायम थियो भने तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ६ सयमा कारोबार भएको थियो। 

यस्तै चाँदी प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य शुक्रबार प्रतितोला एक हजार तीनसय १० रूपैयाँ कायम थियो। 

images


प्रकाशित : आइतबार, चैत ५ २०७९०५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend