काठमाडौं- वातावरण विभागले उद्योग प्रतिष्ठानहरूलाई वातावरणीय मापदण्ड पालनाको स्वमूल्यांकन प्रतिवेदन बुझाउन ताकेता गरेको छ।
वातावरण संरक्षण नियमावली २०७७ को व्यवस्था अनुसार उदेयोग प्रतिष्ठनहरूले सञ्चालनमा आएपछि प्रत्येक छ महिनामा स्व:मूल्यांकन प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको छ।
सोही व्यवस्था अनुसार सबैले नबुझाएपछि विभागले ताकेता गरेको हो।
नियम कानूनमा भएको व्यवस्था पनि पालना नगरेको विषभायमा गम्भीर ध्यानाकर्षण भएको र यदि नबुझाएमा कानून अनुसार कारबाही गरिने विभागले चेतावनी पनि दिएको छ।