शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विदेशमा ठक्करः स्वदेशमा अवसर

images
आइतबार, चैत ५ २०७९
images
विदेशमा ठक्करः स्वदेशमा अवसर

विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ। चार वर्ष अगाडि ज्वाइँ–जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ। पाँच लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म  ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ।

images
images

काठमाडौं- कुँडुले फेँदी। समथर भू–भाग। चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू। त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली। यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन्। चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो। कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन्। यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरेका छन्।

images
images
images

युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिकामात्रै छन्। पौडेल र सुवेदी ज्वाइँ–जेठान हुन। पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो। तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ। गोविन्द भने अहिलेसम्म विदेश गएका छैन।

images
images

पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ। विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ। चार वर्ष अगाडि ज्वाइँ–जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ। पाँच लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म  ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ।

images
images

कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ। परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन। तरकारीका बीच–बीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उहाँहरूको दैनिकी हो। घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएका उनीहरुले जग्गा भाडामात्रै वार्षिक करिब एक लाख तिर्ने बताउछन्।
 
ज्वाइँ–जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएको छ। व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन्। पौडेल भने, ‘सुरुमा ठूलो पैसा कमाउने आशले विदेश गइयो, तर विदेशमा जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ।’

पौडेललाई विदेशमा छ वर्ष बिताएकामा अहिले पश्चताप लाग्छ। उनको स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ। विदेशमा बेच्ने श्रम आफ्नो गाउँठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ। व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाइराखेको उनी बताउँछन।

कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्दप्रसाद बताउछन। अहिलेसम्म कृषि ज्ञान केन्द्रले  एक लाख ५० हजारको टेनलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्छन। कृषकलाई प्राविधिक, समय–समयमा तालिम, मल, उन्नत जातका बीउबिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ।

सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए। बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनले सुनए। उनीहरूले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन्। बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन्। उनीहरुलेले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफै उत्पादन गर्ने गर्दछन।

विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन्। कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौँका बजेट आउने गरेका छन्। त्यो बजेटलाई कृषकसम्म सहजरूपमा पु¥याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउँछन।
रासस


प्रकाशित : आइतबार, चैत ५ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend