बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निफ्राको सेयर मूल्य ओपनिङ कारोबार भन्दा पनि तल झर्‍यो, दोस्रो बजारबाट किन्नेले कमाउन सकेनन्

सोमबार, कात्तिक ८ २०७८
निफ्राको सेयर मूल्य ओपनिङ कारोबार भन्दा पनि तल झर्‍यो, दोस्रो बजारबाट किन्नेले कमाउन सकेनन्

सेयर बजारको बढ्दो क्रममा सूचिकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक ‘निफ्रा’ को सेयर मूल्यमा लगातार सात कारोबार दिन सकारात्मक सर्किट लाग्यो।

काठमाडौं- सेयर बजारको बढ्दो क्रममा सूचिकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक ‘निफ्रा’ को सेयर मूल्यमा लगातार सात कारोबार दिन सकारात्मक सर्किट लाग्यो।

यस अवधिमा २ अर्ब १४ करोड रुपैयाँको कारोबार ३४० रुपैयाँबाट कारोबार सुरुभएकोमा सात कारोबार दिनमा सर्वाधिक धेरै ६६० रुपैयाँ पुग्यो। 

हालसम्म दोस्रो बजारमा निफ्राको १६६ दिन कारोबार भइसकेको छ। जम्मा १६६ कारोबार दिनमा ३४ अर्ब ७ करोड रुपैयाँको खरिद बिक्री भइसकेको छ । बजारमा सर्वाधिक आकर्षण देखिएको निफ्राको सेयरबाट अहिलेसम्म कोहि पनि पोसाउन सकेका छैनन्।

सेयर किन्ने वित्तीकै घट्ने भएकाले दैनिक कारोबार संख्या लगातार घटिरहेको छ। कुनै दिन ३० हजार वटा कारोबार हुने निफ्रा अहिले ९ सय हाराहारीमा सिमित भएको छ। 

प्राथमिक सेयरधनीहरु बाहेक दोस्रो बजारबाट शेयर खरिद गरेकाहरु अहिले लगभग नोक्सानमा छन्। बैंकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने हल्लाले उचालिएको शेयर मूल्य साधारणसभा घोषणा पछि सुस्ताएको छ।

प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले आफ्नो नियुक्ति हुने वित्तीकै बैंकलाई थप पूँजीको आवस्यकता रहेको हुँदा हकप्रद सेयर निष्काशन गर्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले पनि केहि समय ६ सय हाराहारीमा कारोबार भयो। 

पूँजी आवस्यकता पर्यो भन्ने बैंकले उल्लै साढे ८ प्रतिशत नगद लाभांश घोषणा गर्यो। जसले गर्दा सेयर मूल्य थप तल झर्यो। सेयर मूल्य तल झरे सँगै बैंकले लाभांश संशोधन गरि नगद लाभांशलाई बोनस सेयरमा परिमार्जन गर्‍यो। बोनस सेयरमा परिमार्जन गरेर पनि बैंकको सेयर मूल्य भने बढ्न सकेको छैन।


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०२:१८
  • सम्बन्धित विषय:

  • # nepse
  • # nifra
  • # stock
  • # nepal


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend