शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

वर्षमानका पिए ठूला करदातामा, सचिवका भाइलाई मध्यमस्तरीयको जिम्मेवारी

images
बिजनेस न्युज
images
images
वर्षमानका पिए ठूला करदातामा, सचिवका भाइलाई मध्यमस्तरीयको जिम्मेवारी

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय आउनेबित्तिकै सहसचिव बाबुराम गौतमलाई त्यहाँबाट हटाएका थिए। अहिले मध्यमस्तरीयका अर्जुन भट्टराईलाई हालै हटाइएको हो। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख परिवर्तन गरेको छ। ठूला करदातामा सहसचिव शिवलाल तिवारीलाई पठाइएको छ भने मध्यमस्तरीय करदाता कार्यालयमा शम्भु मरासिनीलाई पठाइएको छ। 

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय आउनेबित्तिकै सहसचिव बाबुराम गौतमलाई त्यहाँबाट हटाएका थिए। अहिले मध्यमस्तरीयका अर्जुन भट्टराईलाई हालै हटाइएको हो। 

images

ठूलामा पठाइएका तिवारी माओवादी निकट कर्मचारी हुन्। तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा निजी सचिव रहेका तिवारी यसअघि राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक थिए। उनलाई त्यहाँबाट तानेर ठूला करदातामा पठाइएको हो। 

images

मध्यमस्तरीयमा पठाइएका मरासिनी हालका अर्थसचिव मधुकुमार मरासिनीका सहोदर भाइ हुन्। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनी त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख थिए। 

images
images

अर्थ मन्त्रालयले सहसचिवसँगै दसैँको ठीक अघि राजस्व समूहका ७० भन्दा धेरै उपसचिको सरुवा गरेको थियो।

images

प्रकाशित : आइतबार, कात्तिक ७ २०७८०२:३९
प्रतिक्रिया दिनुहोस