बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मेला-महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउँछ : वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
images
मेला-महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउँछ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मेला तथा महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउने बताएका छन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मेला तथा महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याउने बताएका छन्। 

images
images
images

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका हुन्।

‘मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो। यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ’, उनले भने, ‘स्थानीय उत्पादनलाई उपभोक्ताहरुसम्म पुर्‍याउँछ। मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ।’ 

images

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले कोरोना भाइरसको महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु बिस्तारै सहज हुँदै गएको समेत बताए।

images

‘कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए। बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको अभाव रहन गयो। रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा सञ्चितिमा पनि कमी हुन गयो', उनले भने, 'तर अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको छ। पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ क्षेत्रमा तरलताको पनि क्रमश: सहजता देखिन थालेको छ। यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन्। मलाई विश्वास छ यसमा थप सुधार हुँदै जानेछ।’ 

व्यवसायीहरुमा धेरै नैराश्यता देखिएको बताउँदै उनले व्यवसायीहरुलाई निराश नहुन समेत आग्रह गरे। ‘व्यवसायीहरु भनेको जस्तोसुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो', उनले भने, 'त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरु संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन। संयमित भएरै यसबाट पार पाउने हो।’


प्रकाशित : शुक्रबार, चैत ३ २०७९१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend