शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

भारत भ्रमणअघि लगानी बोर्डसँग प्रधानमन्त्री दाहालले लिए ब्रिफिङ, भारतीय लगानी आउन लागेका परियोजनामा चासो

images
शुक्रबार, चैत ३ २०७९
images
images
भारत भ्रमणअघि लगानी बोर्डसँग प्रधानमन्त्री दाहालले लिए ब्रिफिङ, भारतीय लगानी आउन लागेका परियोजनामा चासो

प्रधानमन्त्री दाहालले चैत ६ गते संसद्‌बाट विश्वासको मत लिँदैछन्। विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति तय हुनेछ। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण जानुअघि लगानी बोर्डसँग ब्रिफिङ लिएका छन्।

images
images
images

बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बानेश्वरमा लगानी बोर्डको कार्यालय पुगेर बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टसहित बोर्डका अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन्।

images
images

बैठकमा अरुण तेस्रो परियोजनाका भारतीय लगानीकर्ता समेत रहेका थिए। लगानी बोर्डमार्फत दर्जनाैँ परियोजनामा भारतीय निजी क्षेत्रले लगानी गर्ने चासो दिइरहेका बेला प्रधानमन्त्रीले भारत भ्रमणअघि ब्रिफिङ लिएका हुन्।

images
images
images

लगानी बोर्डको कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री दाहालले जानकारी लिएका थिए। बोर्डमा प्रधानमन्त्री दाहालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुसँग पनि भेट गरेका थिए। उक्त अवसरमा लगानीकर्ताहरूका समस्याका बारेमा पनि उनले जानकारी लिएका थिए। 

लगानी बोर्डले सहजीकरण गरिरहेका आयोजनामा भारतीय लगानीकर्ताहरू पनि रहेका छन्। भारत भ्रमण जानुअघि उनीहरुका सरोकारका विषयमा प्रधानमन्त्रीले जानकारी लिएका हुन्।

प्रधानमन्त्री दाहालले चैत ६ गते संसद्‌बाट विश्वासको मत लिँदैछन्। विश्वासको मत पाएपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति तय हुनेछ। 

१५ खर्ब लगानीमा साढे ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भारतीय प्रस्ताव १५ खर्ब लगानीमा साढे ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भारतीय प्रस्ताव

अन्तर्क्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने  कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन आग्रह गरेका थिए। 

 


प्रकाशित : शुक्रबार, चैत ३ २०७९१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend