शुक्रबार, चैत १६ गते २०८०    
images
images

म्यारियटको तरंग 

images
images
म्यारियटको तरंग 

पचासको दशकमा नेपाल आएर बाहिरिएको अन्तर्राष्ट्रिय व्यवस्थापनलाई नेपाल भित्र्याउने कुरामा पनि म्यारियटले ट्रेन्ड सेट गरिरहेको छ।

images
images

काठमाडौं- कोरोना महामारी सुरु भएपछि अहिले धेरै उद्योगधन्दा लयमा आइसकेका छन्। आर्थिक गतिविधि बढिरहेको छ। तर महामारीकै समयमा मात्र नभएर अहिलेसम्म लयमा आउन नसकेको व्यवसाय हो- होटल। होटलमध्ये पनि पाँचतारे होटलहरू अझै धेरै प्रभावित भएका छन्। 

images
images
images

महामारीको समयमा गेट बन्द गरेर बसेका होटलहरू अहिले आक्कलझुक्कल खुल्न थालेका छन्। तर यही महामारीको समय व्यापार नहुँदा पनि चर्चित भइरहेको होटल हो- म्यारियट।

images

आन्तरिक राजनीतिदेखि कूटनीतिक गतिविधिका धेरै समाचारमा जाेडिइरह्यो म्यारियट। म्यारियट महामारीमा एकदिन पनि बन्द भएको थिएन। महामारी अवधिभर सबैतिर बन्द हुनुको फाइदा यो खुला होटलले लियो।

images
images

यसो त म्यारियट महामारीमा चलेर चर्चित भएको भने होइन। 

संसारकै ठूलो चेन भएको म्यारियट काठमाडौंमा खुलेदेखि नै यसले विभिन्न कारणले नेपाली पर्यटन बजारमा तरंग ल्याएको थियो। संसारकै ठूलो अमेरिकी होटल ब्रान्ड काठमाडौंमा फेरि आएपछि पर्यटन उद्योगमा नयाँ सञ्चार ल्यायो। म्यारियट नेपाली पर्यटन पूर्वाधारको क्षेत्रमा तेस्रो पुस्ताको होटल हो।

पञ्‍चायतकालीन व्यवस्थामै नेपालमा सोल्टी होटल खुलेको थियो। बन्द अर्थव्यवस्था भए पनि दक्षिण एसियाका मुलुकको तुलनामा नेपालमा केही सहज थियो। त्यस्तो बेलामा आएको उक्त होटलमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन ओवराय आयो। ओवरायले व्यवस्थापन गर्न थालेपछि त्यतिबेलाको पर्यटन बजारमा सोल्टीले क्रान्ति ल्याएको थियो। करिब चार दशकदेखि सोल्टीले नेपालको आतिथ्य उद्योगमा राज गरिरहेको छ। अहिलेसम्म पनि सोल्टीको रापतापमा गिरावट आएको छैन। 

सोल्टी आएपछि पनि नेपालको आन्तरिक राजनीतिक द्वन्द्वले होटल व्यवसायलाई छाडेन। आन्दोलन भइरहे। पर्यटनमा उल्लेखनीय सुधार नभएकाले नेपाली बजारमा नयाँ लगानी तथा पूर्वाधारको उल्लेखनीय प्रवेश भएन। 

एकैपटक विस २०५० को सुरुवातमै नेपाली बजारमा नयाँ होटलहरू खुले। आन्तरिक लगानीका स्थानीय होटलहरू खुले। उदार अर्थव्यवस्था लागू भएसँगै लगानीका नयाँ स्रोत खोज्दै व्यवसायीहरूले होटलमा लगानी गरे। तर अन्तर्राष्ट्रिय बजारमै गनिने खालको पूर्वाधार भने आएनन्। 

यस्तोमा त्यही बेला आएको हो- हायात होटल। हायात होटलले नेपाली पर्यटन बजारमा एउटा उचाइ लियो। अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको ब्रान्ड हायात नेपालमा आएपछि यसले नयाँ उचाइ पनि दियो। 'वेडिङ डेस्टिनेशन'का रुपमा भारतीय पर्यटकलाई हायातले नयाँ मानक बनायो। 

तर हायात आएपछि नेपालमा द्वन्द्व सुरु भयो। यही द्वन्द्वका कारणले दर्जनौँ होटल बन्द भए। नयाँ आएनन्। २०६३ सालमा सशस्त्र द्वन्द्व सकिने बेलासम्म नेपालमा विस २०५० को दशकमा खुलेका होटल बन्द भएका थिए तर नयाँ र त्यसमा पनि विदेशी ब्रान्ड आएकै थिएनन्। 

यहीबेला नेपालमा आयो म्यारियट। 

सामन्यत: पाँचतारे होटल खुलेपछि सुरुका केही वर्ष प्रबर्द्धनमै समय जान्छ। प्रतिफलका हिसाबले होटलहरूले ढिला मात्र नाफा दिन्छन्। तर म्यारियटका सवालमा त्यस्तो भएन। 

कोरोना महामारीलाई बिर्सिने हो भने यो होटलले स्थापनाको तीन महिनापछि नै सय प्रतिशत बुकिङ पाउन थालेको थियो। बैंकेटदेखि रेष्टुरेन्टसम्म भरिभराउ थिए। 

‘खुलेको तीन महिना मात्र हामीले कुर्न पर्‍यो। त्यसपछि होटलका २ सय १४ कोठा नै भरिन थाले। बैंकेट र रेष्टुरेन्ट पनि त्यस्तै राम्रो हुन थालेको थियो’ होटलका सञ्चालक सशीकान्त अग्रवालले भने। 

होटल स्थापनाको पहिलो वर्ष नै राम्रो व्यापार भए पनि लगत्तै कोरोना महामारी सुरु भएपछि यसको व्यापारमा ब्रेक लाग्यो। तर यसले सामान्य अवस्थामा जुन लय समातेको थियो त्यो लगानीकर्ताकै सोचभन्दा परको विषय थियो। 

म्यारियट यस्तो बेला आयो जतिबेला लामो समयदेखि नयाँ पूर्वाधार आएका थिएनन् भएका पूर्वाधार पुराना भएका थिए। नयाँ ब्रान्ड। संसारभर चेन भएको। नयाँ प्रविधिसहित। यसैले नै सुरुमै ख्याति कमाएको अग्रवालको बुझाइ छ। 

‘२०५० को दशकको सुरुवातपछि लामो समयसम्म खासै अन्तर्राष्ट्रिय होटल आएको थिएन। त्यसैबीचमा म्यारियट आयो। म्यारियटमा संसारभर एउटै स्ट्यान्डर्ड हुन्छ भन्ने मान्यता छ। हाइजिन, प्रोटिन, प्रोटकल, सेफ्टी र सेक्युरिटीमा यसका मापदण्ड सबैतिर उत्तिकै पूरा हुन्छन्’ उनले भने, ‘यी कारणले गर्दा यसले एउटा तरंग ल्याएको हो। अन्तर्राष्ट्रिय सञ्जाल पनि भएको र नयाँ प्रोपर्टीमा पनि रुची हुन्छ। उनीहरूको आकांक्षा बमोजिम हामी खरो पनि उत्रियौँ। सेवा, हाइजिन, सफाइ र सुरक्षा जस्ता कुरामा हामीले कुनै कसर बाँकी राखेनौँ।’

म्यारियटले दोस्रो पुस्ताको होटलमा तरंग ल्याएको उनको भनाइ छ। होटलले व्यापार, सार्वजनिक ख्याति र अन्तर्राष्ट्रिय एक्सपोजरका रुपमा तरंग ल्याएको उनी बताउँछन्। 

म्यारियटले तरंगमा अर्को विषय पनि जोडिएको छ, सात वर्षअघि ठमेलमा सुरु भएको फेयरफिल्ड म्यारियट पनि अग्रवालले नै सञ्चालन गरेका हुन्। यसपछि पाँचतारे म्यारियट सुरु भयो।

म्यारियट एउटा 'ट्रेन्डसेटर' पनि भयो। म्यारियट आएपछि पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटलको लहर नै लागेको छ। अलफ्टदेखि मेरिडयनसम्म अहिले पाइपलाइनमा छन्। कतिपय सञ्चालनको तयारीमा छन् भने कतिपय सञ्चालन भइसकेका छन्। यी सबै चेन होटल अग्रवालले नेपालमा म्यारियट सुरु गरेपछिका हुन्।

अग्रवाल आफै पनि म्यारियटकै अर्को ब्रान्ड ल्याउने तयारीमा छन्।

सीमित घराना तथा क्षेत्रमा स्वामित्व रहेका होटल पूर्वाधारमा पछिल्लो समय ठूलो कर्पोरेट लगानी पनि भित्रिन थालेको छ। पचासको दशकमा नेपाल आएर बाहिरिएको अन्तर्राष्ट्रिय व्यवस्थापनलाई नेपाल भित्र्याउने कुरामा पनि म्यारिटले ट्रेन्ड सेट गरिरहेको छ।

images

प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०६:१६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ