बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
images
पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

सम्झौताको करिब १० महिना बित्दा बल्ल प्रशासकीय भवन निर्माण सुरू भएको छ। १२ करोड ४१ लाख रूपैयाँको लागतमा रविना जुगल जेभीसँग २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

images
images

गलकोट- बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ।

images
images
images

नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ।

गलकोट नगरपालिका-६ मजुवाफाँटमा नगरपालिकाले व्यवस्थापन गरेको आठ रोपनी जग्गामा प्रशासकीय भवन निर्माण गर्नका लागि २०७९ असार १४ गते सम्झौता भएको थियो। सम्झौताको करिब १० महिना बित्दा बल्ल प्रशासकीय भवन निर्माण सुरू भएको छ। १२ करोड ४१ लाख रूपैयाँको लागतमा रविना जुगल जेभीसँग २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। हालसम्म १० प्रतिशत कार्यप्रगति समेत नभएको गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।

images

उक्त भवन निर्माण सम्झौता गरेको १० महिनामा १० प्रतिशत कामसमेत सम्पन्न नभएको भन्दै गलकोट नगरपालिकाले निर्माण कम्पनीलाई सचेत गराएको छ। ‘काम दु्रतगतिमा भएन, १० महिनामा बल्ल जमिनमुनि काम थालिएको छु’, नगरप्रमुख गैरैले भने, ‘समयमै भवन निर्माण नभए म्याद थपिँदैन, निर्माण व्यवसायीले हालसम्म २० प्रतिशत भुक्तानीसमेत लगिसकेको छ।’ 

images

प्रशासकीय भवन निर्माणको जिम्मा पाएको रविना जुगल जेभीका प्रतिनिधि नरेश ओझाले असारमा ठेक्का सम्झौता गरेको उल्लेख गर्दै बर्खामा खोलाको छेउमा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न समस्या भएपछि ढिलाइ भएको बताए। खोला नजिकै भवन निर्माण थालिएकाले सुक्खायाममा काम थालेको ओझाले बताए।

मुख्य प्रशासकीय भवन निर्माण १२ करोड रूपैयाँको लागतमा निर्माण थाले पनि अन्य पूर्वाधारसहितको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)भने २७ करोड रूपैयाँ लागतको छ। सुविधासम्पन्न पाँचतले भवनसँगै अन्य शाखा कार्यालयसमेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ। गलकोट नगरपालिकाले सबै राजनीतिक दल, सरोकारवाला व्यक्तिको सर्वदलीय भेलाले गरेको निर्णयअनुसार मजुवाफाँटमा केन्द्र स्थापना गर्ने निर्णयसँगै सोही क्षेत्रमा जग्गा व्यवस्थापन गरेको थियो। रासस 


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend