शनिबार, साउन १२ गते २०८१    
images
images
images

उल्टो यात्रामा सेयर बजार, ब्याजदर घट्दा पनि किन बढेन?

घट्यो सेयर धितोमा जाने कर्जा

images
शुक्रबार, चैत ३ २०७९
images
images
उल्टो यात्रामा सेयर बजार, ब्याजदर घट्दा पनि किन बढेन?

सेयर विश्लेषकहरूले अझै केही समय सेयर बजार अगाडि नजाने अनुमान गरिरहेका छन्।

images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउँदैछन्। बैंकको निक्षेप पनि बढ्दो ट्रेन्डमा रहेको छ। तर पनि सेयर बजार भने बढ्न सकेको छैन। ब्याजदर घट्दा धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने यसअघिका प्रक्षेपणहरू असफल भएका छन्। 

images
images

ब्याजदर घट्दा धितोपत्र बजार बढ्ने र ब्याजदर बढ्दा बजार बढ्ने गर्छ। पछिल्लो समयमा मौद्रिक बजारको अल्पकालीन ब्याजदरमात्र नभइ बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर समेत घटाएका छन्। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले धमाधम ब्याजदर घटाइरहेका छन्। बैशाखदेखि ऋणको ब्याजदर कम्तिमा २ प्रतिशत घट्ने निश्चित छ।

images

सेयर विश्लेषकहरूले अझै केही समय सेयर बजार अगाडि नजाने अनुमान गरिरहेका छन्। सेयर विश्लेषक छोटेलाल रौनियार ब्याजदर अझै तल्लो बिन्दुमा नआएको तथा राष्ट्र बैंकले नीति परिर्वतन नगर्दा सेयर बजारमा प्रभाव नदेखिएको बताउँछन्। ‘अहिलेको अर्थतन्त्रको सकारात्मक सुधारले बैशाखदेखि केही प्रभाव पर्ने देखिन्छ,’ रौनियारले भने।  

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बिहीबार साँझसम्म ५४ खर्ब २ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो सात दिनमै २० अर्बभन्दा बढी निक्षेप थपिँदा निक्षेप ५४ खर्ब कटेको हो। 

images

वाणिज्य बैंकहरूको निक्षेप भने ४७ खर्ब ६१ अर्ब पुगेको छ। राष्ट्र बैंकका अनुसार अहिलेसम्म ४८ खर्ब १२ अर्ब ऋण प्रवाह भएको छ। जुन घट्दो ट्रेन्डमा रहेको छ। त्यस्तै वाणिज्य बैंकहरूको ऋण प्रवाह ४२ खर्ब ७० अर्ब पुगेको छ।

अन्तर बैंक ब्याजदर ७.०१ प्रतिशत झरेको छ। केही दिनअगाडि अन्तर बैंक ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो। निक्षेप र ऋणको सीडी रेसियोदर पनि ८५.६९ प्रतिशतमा आइपुगेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको रेसियो पुग्नका लागि बैंकहरूले अझै २ खर्ब ५० अर्बभन्दा बढी ऋण प्रवाह गर्न सक्ने देखिएको छ। 

ब्याजदर घटेकै साता सेयर बजार सुखद् रहेन। यो साता पहिलो कारोबारमा आइतबार नै २६ अंकले घटेको बजार त्यसपछि पनि सुधारतर्फ बढ्न सकेन। समग्रमा साताभरको कारोबारमा बजार ६९.३९ अंकले घटेको छ।

आइतबार २६.८० अंकले घटेको बजार सोमबार २४.६८ अंकले घटेको थियो। मंगलबार १.८५ अंकले बढेको बजार बुधबार १४.४४ अंकले घटेर बजार १९३८.६२ बिन्दुमा झरेको थियो। 

साताको अन्तिम कारोबारमा बिहीबार ५.३२ घटेर बजार १९३३.३१ बिन्दुमा झरेको छ। लगातार घटिरहेको सेयर बजारमा लगानीकर्ताको साथ मिल्न सकेको छैन। पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।

सात महिनामा सेयर धितो राखेर ७४ अर्ब ७९ करोड ७७ लाख ऋण 

चालु आर्थिक वर्षको सात महिनामा सेयर धितोमा राखेर ७४ अर्ब ७९ करोड ७७ लाख रूपैयाँ कर्जा लिएका छन्। असार मसान्तमा सेयर लगानीकर्ताले ८० अर्ब ५० करोड ७८ लाख रूपैयाँ कर्जा लिएका थिए। ७ महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा ५ अर्ब ७१ करोड १० लाख रूपैयाँले घटेको छ।

केन्द्रीय बैंकका अुनसार ५० लाखदेखि १ करोडसम्म जाने सेयर धितोकर्जाको सीमा बढेको छ। यस्तै १ करोडदेखि माथि, २५ देखि ५० लाख र २५ लाखभन्दा कम रकमको कर्जा घटेको छ।

राष्ट्र बैंकका अनुसार ७ महिनाको अवधिमा ५० लाखदेखि १ करोड रूपैयाँसम्म जाने सेयर धितो कर्जा ६.३ प्रतिशतले बढेर ११ अर्ब २२ करोड १८ लाख रूपैयाँ पुगेको छ। जुन असार मसान्तमा १० अर्ब ५६ करोड ३० लाख रूपैयाँ थियो।

यस्तै १ करोडदेखि माथिको सेयर धितोमा जाने कर्जा ७.३ प्रतिशतले घटेर ४३ अर्ब १६ करोड ७८ लाख रूपैयाँ छ। असार मसान्तमा ४६ अर्ब ५७ करोड ५४ लाख रूपैयाँ कर्जा प्रवाह भएको थियो।

यस्तै २५ देखि ५० लाख रूपैयाँसम्मको कर्जा १६.३ प्रतिशतले घटेको छ। असार मसान्तसम्म सेयर लगानीकर्ताले १५ अर्ब २० करोड ८ लाख रूपैयाँ कर्जा लिएका थिए। माघ मसान्तमा आइपुग्दा १६.३ प्रतिशतले घटेर १२ अर्ब ६५ करोड ५२ लाख रूपैयाँ छ। त्यस्तै २५ लाख रूपैयाँभन्दा कम सेयर धितोमा जाने कर्जा पनि ५.१ प्रतिशतले घटेको छ।

असार मसान्तसम्ममा बैंकहरूले ८ अर्ब १७ करोड १४ लाख रूपैयाँ कर्जा लगानी गरेका थिए। माघ मसान्तसम्म ५.१ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड २९ लाख रूपैयाँमा झरेको छ।

सेयर बजारमा देखिएको गिरावटको असर सेयर धितो कर्जामा पनि परेको हो।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend