शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

६ अर्ब लागतमा ३ सय शैय्याको काठमाडौं इन्टरनेशनल अस्पताल बन्ने

images
images
images
६ अर्ब लागतमा ३ सय शैय्याको काठमाडौं इन्टरनेशनल अस्पताल बन्ने

अस्पताल निर्माणमा ५ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

images
images

काठमाडौं- काठमाडौंको तीनकुनेमा ३ सय शैय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल' बन्ने भएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले अस्पताल निर्माणको राय सुझावका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा अस्पताल निर्माणमा ५ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

images

अस्पताल निर्माणका लागि गरिएको लगानी करिब ८ वर्षमा उठ्ने रिपोर्टमा उल्लेख छ। १२.४३ रोपनी जग्गामध्ये २४ सय ६८ वर्गमिटरमा अस्पतालको संरचना निर्माण हुनेछ। भवनको उचाई ३७.७० मिटर हुनेछ।

images

भवन बेसमेन्टसहित सात तल्लाको निर्माण हुनेछ। १ सय ५० वटा चार पांग्रे र २ सय वटा २ पांग्रे सवारी पार्किङ क्षमता रहने रिपोर्टमा उल्लेख छ। रिपोर्टमा ओपीडी सेवा वर्ष दिनमा ३ सय दिन र आपतकालीन सेवा ३ सय ६५ दिन नै सञ्चालन हुने उल्लेख छ छ। अस्पतालले भूमिगत पानीदेखि काठमाडौं उपत्याका खानेपानीले वितरण गरेको पानी प्रयोग गर्नेछ।

images
images

images

प्रकाशित : बिहीबार , चैत २ २०७९०८:१६

प्रतिक्रिया दिनुहोस