शनिबार, चैत १८ गते २०७९

सांसद राजेन्द्र बजगाईँले चेपाङ किसानलाई दिए प्रतिघर ३ क्रेट

images
images
विजनेस न्युज
सांसद राजेन्द्र बजगाईँले चेपाङ किसानलाई दिए प्रतिघर ३ क्रेट

बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद राजेन्द्र बजगाईँले वडा नं ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यावसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन्।

images
images

काठमाडौं- व्यावसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १ सय २४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ। 

images
images
images

मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पुर्‍याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले प्रत्येक किसानलाई तीनवटाका दरले क्रेट वितरण गरेका हुन्।

बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद बजगाईँले वडा नं ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यावसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन्।

क्रेट पाउँदा किसान खुसी भएका छन्। यसअघि बोरा र डोकामा तरकारी बोक्दा चोट लाग्ने र तरकारी बिग्रिने गरेकाले अब क्रेटमा सुरक्षित तरिकाले बजार पुर्‍याउन सकिने उनीहरूको विश्वास छ।

images

प्रकाशित : बिहीबार , चैत २ २०७९११:२५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ