शनिबार, साउन १२ गते २०८१    
images
images
images

मन्त्री र उच्च पदस्थ कर्मचारीले अतिआवश्यकबाहेक वैदेशिक भ्रमण नगर्ने (यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय)

images
बुधबार, चैत १ २०७९
images
images
मन्त्री र उच्च पदस्थ कर्मचारीले अतिआवश्यकबाहेक वैदेशिक भ्रमण नगर्ने (यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय)

तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय पनि मन्त्रिपरिषद्‍ले गरेको छ।

images

काठमाडौं- सरकारले मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको छ। 

images
images

 मन्त्रिपरिषद्‌‌को मंगलबार बसेको बैठकले गरेका निर्णयहरू सुनाउँदै  सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिइन्। 

images

यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय

- पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ।

images

- नेपाल सरकारका मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने।

- नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने।

- तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने।

- रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने।

- यती एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने।


प्रकाशित : बुधबार, चैत १ २०७९१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend