काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।
'खोप सोमबार नेपाल आइपुग्ने अपेक्षा गरेका छौँ', अमेरिकी दूतावासले ट्वीटमार्फत भनेको छ।
यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख ३ हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
— U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021